जसपा सुदूरपश्चिम प्रदेश पुनर्गठन, अध्यक्षमा भगतराम थारु

जनता समाजवादी पार्टी, नेपालको सुदूरपश्चिम प्रदेश समिति पुनर्गठन गरिएको छ ।

हिजो कैलालीको धनगढीमा आयोजित प्रदेश भेलाले भगतराम थारुको अध्यक्षतामा ३७ सदस्यीय समिति पुनर्गठन गरेको हो ।

समितिको उपाध्यक्षहरुमा गोविन्दराज राना थारु, निर्मल रिजाल, सञ्जय सक्सेना, जेकेन्द्रसिंह महरा, पुष्पराज जोशी, लक्ष्मीकान्त पनेरु, बलबहादुर चौधरी छन् भने मुख्यसचिवमा राजु बम छन् ।

समितिको सचिवहरुमा प्यारेलाल राना, सरोज जोशी, दिपेश तिमिल्सिना, गोविन्द गुप्ता, र श्याम धिताल रहेका छन् ।

पार्टीका तर्फबाट राजनीतिक समिति सदस्य तथा प्रदेश इन्चार्ज मालामती राना र पार्टी केन्द्रीय सदस्य एवम् प्रदेश सहइन्चार्ज भीमबहादुर थापाले संगठन निर्माणमा एकलौटी गरेको आरोप लगाइ राजनीतिक समिति सदस्य तथा पूर्व प्रदेश इन्चार्ज होरीलाल चौधरीले उक्त निर्णयमा नोट अफ डिसेन्ट लेखेको कुराबारे सोध्दा केन्द्रीय प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले घुमाउरो पारामा स्वीकार गरेका छन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img