समाजवादी ट्रेड युनियन गण्डकी प्रदेश अध्यक्षमा भीमबहादुर मगराती

जनता समाजवादी पार्टी नेपालनिकट समाजवादी ट्रेड युनियन महासंघको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न भएको छ ।

हिजाे पोखराकाे चाउथेस्थित होम्स् होटलमा सम्पन्न भेलाले भीमबहादुर मगरातीको अध्यक्षतामा २३ सदस्यीय समिति गठन गरेको छ ।

भेलाले समितिको उपाध्यक्षमा विराट पौडेल, हिरा मल्ल, श्याम पोखरेल, शिला परियार, मिठु परियार र सचिवमा रामजुलुम शर्मा, सहसचिवमा मनिसा परियार, कोषाध्यक्षमा हनु कुँवर र सहकोषाध्यक्षमा शर्मिला मगरातीलाई चयन गरेको छ ।

समितिकाे सदस्यहरुमा कुमार श्रेष्ठ, कुमार गुरुङ, मानबहादुर परियार, विरोध पौडेल, भुवन भट्टराई, राधिका धौलाकोटी, प्रेम लामा, वीरबहादुर परियार, गोपी परियार, रुपकुमार तामाङ, गोपाल परियार र रेशमबहादुर गुरुङ रहेका छन् ।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज शिवलाल थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रमका विशेष अतिथिहरुमा राजनीतिक समिति सदस्यहरु धनप्रसाद तामाङ, निर्मल जिसी, पार्टीका केन्द्रीय सदस्य तथा ट्रेड युनियन महासंघका अध्यक्ष अर्जुन लम्साल रहेका थिए भने अतिथिहरुमा पार्टीका केन्द्रीय सदस्यहरु श्याममाया पुन, उमा गुरुङ, महासंघका उपाध्यक्षहरु प्रेम भुजेल, शुरेश मोक्तान, पूर्णबहादुर मोक्तान लगायतका मजदुर नेता, कार्यकर्ताहरु थिए ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img