जनता समाजवादी पार्टी, नेपालको मकवानपुर जिल्ला समन्वय समिति पुनर्गठन गरिएकाे छ ।
आज हेटौडामा आयोजित कार्यक्रममा सोमबहादुर घलानको अध्यक्षतामा समिति पुनर्गठन गरिएको हो ।
समितिको उपाध्यक्षहरुमा योगबहादुर ब्लोन, देवराज स्याङ्तान, दीपक सिङ्तान, सचिवमा सुवोध घलान, सहसचिवहरुमा पर्वत स्याङ्बो र ग्याब्रियल प्रजा तथा कोषाध्यक्षमा रीता सार्की चयन भएकी छन् ।

कार्यक्रमकाे प्रमुख अतिथिमा पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, विशेष अतिथिमा राजनीतिक समिति सदस्यहरु विद्युत बज्राचार्य र तारा विश्वकर्मा केन्द्रीय सदस्यहरु मेजरमान मोक्तान, इन्द्र थिङ, दीपक दोर्जे लामा, बागमती प्रदेश परिषद्का अध्यक्ष शुभरत्न गोले थिए ।
कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो ।

