जनता समाजवादी पार्टी, नेपालनिकट समाजवादी ट्रेड युनियन महासंघको केन्द्रीय समिति पुनर्गठन गरिएको छ ।
गत सोमबार काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा आयोजित कार्यक्रमबाट अर्जुन लम्सालको अध्यक्षतामा समिति घोषणा गरिएको हो ।
समितिको उपाध्यक्षमा विन्देश्वर राय यादव, प्रेम भुजेल, नवराज लिम्बू, सोनाम लामा, सुरेश मोक्तान, पूर्ण मोक्तान, रामविलास यादव, बलराम चौधरी र यज्ञ राई रहेका छन् भने महासचिवमा दयाराम राई छन् ।
महासंघको उपमहासचिवहरुमा हरिश दाहाल, विमला घिमिरे, टेकबहादुर मानन्धर, इन्दुकुमारी शाह, झलक पौडेल, उदयचन्द्र मिश्र, गोविन्द तामाङ, सचिवहरुमा कुवेर तिमल्सिना, नसरुल मिया, कल्पना राई, सुरज गनगाई, साकी शेर्पा, विजय घिसिङ, लाले कुमाल, भीम मगराती, जिमी यादव, जगदिश काफ्ले, कोषाध्यक्ष चन्द्रप्रसाद लम्साल र सहकोषाध्यक्षहरुमा किशोर राई, मिनाक्षी पाण्डे, किर्तिमान मगर, सोनाम याङ्जी शेर्पा र सुष्मा थाम्सुहाङ राई रहेका छन् ।
महासंघले संगठनको प्रवक्ताका रुपमा गोपाल राई र कार्यालय सचिवको रुपमा ऋषिराम ढुंगाना, साकी शेर्पा, रामजुलुम शर्मालाई जिम्मेवारी दिएको छ ।

पार्टीका अध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठ, केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् ट्रेड युनियन महासंघ संयन्त्रका समेत प्रमुख रणध्वज कन्दङ्वा, राजनीतिक समिति सदस्यहरु प्रेमनारायण थापा, राजन केसी, केन्द्रीय सदस्य जोगीलाल यादव, सन्तोष सिलवाल लगायतका श्रमिक नेता कार्यकर्ताहरुको उपस्थिति रहेको पार्टीको केन्द्रीय प्रचार विभागले जनाएको छ ।

