आफ्नै पार्टीका कारण मधेसीका सन्तान नागरिकताविहीन बनेकाे भन्दै एमाले नेताले छाेडे पार्टी

नेकपा एमालेका नेता गंगााराम यादवले आफ्नै पार्टीका कारण लाखौँ मधेसीका सन्तान नागरिकताबाट बञ्चित हुन पुगेको भन्दै पार्टी परित्याग गरेका छन् ।

सोमबार बिहान जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरेर नेता यादवले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

उनले भने, ‘आफ्नै देशमा नागरिकलाई नागरिताबाट बञ्चित गर्ने पार्टीमा बसिरहने मेरो नैतिकताले साथ दिएन र पार्टी परित्याग गरेको छु ।’

उनी कुन पार्टी जाने विषयमा अहिले खोल्न भने चाहेका छैनन् ।

तर उनी १२ असोजमा धनुषामा हुने पार्टी प्रवेश कार्यक्रममा विधिवत् रुपमा जनता समाजवादी पार्टी नेपालमा प्रवेश गर्ने बताइएकाे छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img