माओवादी प्रवेश गरेकी जसपा नेतृ गीता श्रीवास्तव पार्टीमै फर्किइन्

माओवादी केन्द्रमा प्रवेश गरेकी जनता समाजवादी पार्टी नेपालकी केन्द्रीय सदस्य गीता श्रीवास्तव पार्टीमै फर्किएकी छन् ।

जसपा नेपाल लुम्बिनी प्रदेशका सहइन्चार्ज नविनकुमार सुनुवारका अनुसार श्रीवास्तव पुनः पार्टीमै फर्किएकी हुन् ।

जसपामा फर्किएपछि उनले आफूले भुल गरेको स्वीकार गरेकी छन् ।

उनले देशको परिवर्तनका लागि सही दृष्टिकोण बोक्ने पार्टी जसपा नेपाल नै भएकोले पार्टीमै फर्किएको बताएकी छन् ।

उनले अब आफूले पार्टीलाई बैकल्पिक राजनीतिक शक्ति निर्माणको पक्षमा लाग्ने प्रतिबद्धता जनाएकी छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्