पूर्वराजाले सर्वसाधारणलाई दसैंको टीका नलगाइदिने

पूर्वराजा ज्ञानेन्द्र शाहले यसपटकको दसैंमा पनि सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् ।

डेंगु रोगको महामारी फैलिरहेका बेला शाहले सर्वसाधारणलाई टीका नदिने निर्णय लिएको उनका संवाद सचिव फणी पाठकले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनजीवन स्वास्थ्यका कारण आक्रान्त भइरहेको विषम परिस्थितिलाई ध्यानमा राखेर शाहले यसपालि शक्तिपिठको दर्शन नगर्ने तर निवासबाट भक्तिभाव राख्ने तथा सार्वजनिक टीका कार्यक्रम नगर्ने भएको छ ।’

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img