निर्वाचन आयोगले तोक्यो उम्मेदवारहरुको खर्चको सीमा

संघका उम्मेदवारले ३३ लाख भन्दा बढी गर्न नपाउने

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा उम्मेदवारहरुले गर्न सक्ने खर्चको सिलिङ (बजेट) तोकेको छ ।

आयोगले मतदाताको संख्या, मतदान केन्द्र र भौगोलिक क्षेत्रफलका आधारमा प्रत्यक्ष निर्वाचनमा लड्ने उम्मेदवारहरुले गर्न सक्ने खर्चको सीमा तोकेको हो ।

आयोगले विभिन्न जिल्ला तथा निर्वाचन क्षेत्रअनुसार प्रतिनिधिसभा प्रत्यक्ष उम्मेदवारले २५ देखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न सक्ने सीमा तोकेको हो ।

उम्मेदवारहरुले मतदाता नामावली खरिद, सवारी साधन, सवारी इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, कार्यालय सञ्चालन लगायत दश शीर्षकमा खर्च गर्न पाउनेछन् ।

प्रदेशसभाको प्रत्यक्ष उम्मेदवारले भने निर्वाचन क्षेत्रअनुसार १५ देखि २३ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् ।

यसैगरी समानुपातिक उम्मेदवारको खर्च भने पार्टीले नै बुझाउनुपर्ने छ ।

समानुपातिकमा प्रतिनिधिसभा सदस्यका लागि एक उम्मेदवारका लागि बढीमा दुई लाख रुपैयाँ र प्रदेशसभा सदस्यका लागि १ लाख ५० हजार रुपैयाँ भन्दा बढी नहुने गरी खर्च गर्नुपर्ने छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्