धनकुटा एमालेमा नेपाल–खनाल समूहको समानान्तर जिल्ला कमिटी

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को वरिष्ठ नेता माधवकुमार नेपाल–झलनाथ खनाल पक्षले धनकुटामा समानान्तर जिल्ला कमिटी गठन गरेको छ ।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला माधव–झलनाथ पक्षले अर्जुन राईलाई अध्यक्ष र खगेन्द्र सुवेदीलाई सचिव तोकेर एमालेको बेग्लै जिल्ला कमिटी निर्माण गरेको हो ।

नेकपा एमाले जिल्ला कमिटी धनकुटाको विस्तारित बैठक राखेर जिल्ला कमिटी पुर्नगठन गरी १०१ सदस्यीय जिल्ला कमिटी निर्माण गरिएको नेपाल–खनाल पक्षको दावी छ ।

बैठकमा एमालेका ४८ जना जिल्ला कमिटी सदस्य सहभागि भएको सो पक्षले दावी गरेको छ ।

बैठकले नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीले केन्द्रिय पदाधिकारी र केन्द्रिय कमिटी विघटन गर्दै विधान विपरित काम गरेको ठहर गरी त्यसको भत्सना गरेको नव घोषित समितिका अध्यक्ष राईले जानकारी दिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्