एमालेमा रहेका साथीहरु कुहिरोको कागजस्तै हुनुभएको छ : अशोक राई

जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता अशोक राईले नेकपा एमालेमा रहेर राजनीति गर्नेहरुको अवस्था ‘कुहिरोको काग’जस्तो भएको बताएका छन् ।

सोमबार खोटाङस्थित केपिलासगढी गाउँपालिका–६ दिप्सुङमा आयोजित जसपाको संगठन सुदृढीकरण तथा जनजागरण अभियान (सुज अभियान) एवम् पार्टी प्रवेश कार्यक्रममा नेता राईले सो कुरा बताएका हुन् ।

‘यहाँहरुको राजनीतिक भविष्य सुन्दर र सम्भावनायुक्त रहेको छ । त्यसो हुँदा जसपाले बोकेको नीति, कार्यक्रम, विचार, सिद्धान्तलाई तपाईहरुले बोक्ने जो विचार गर्नुभएको छ, ठीक निर्णय गर्नुभयो, यसको लागि यहाँहरुलाई हार्दिक बधाई,’ एमालेका कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गर्दै उनले भने, ‘तर जो साथीहरु अहिले पनि एमालेमा बसिराख्नुभएको छ मलाई लाग्छ उहाँहरु अझै पनि अलमलमा हुनुहुन्छ, अन्यौलमा हुनुहुन्छ, अन्धकारमा हुनुहुन्छ । कुहिरोको काग जस्तै यात्रा गर्दै हुनुहुन्छ कि जस्तो मलाई लाग्छ ।’

उक्त कार्यक्रम जसपा केपिलासगढी गाउँपालिका वडा नं ६ समितिको अध्यक्ष सन्जिव राईको अध्यक्षतामा भएको हो ।
६ नं वडा समिति आइतबार मात्र गठन गरिएको थियो ।

कार्यक्रममा जसपा केन्द्रीय सदस्य आङकाजी शेर्पा, केन्द्रीय सदस्य तथा किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राई, केन्द्रीय सदस्य तथा सुज अभियान खोटाङका संयोजक सुर्य राई, संघीय परिषद् सदस्य राकेश राई, कर्ण कार्की, जसपा खोटाङ जिल्ला समितिका अध्यक्ष टंक थापा, उपाध्यक्ष पिके खम्बू, कोषाध्यक्ष सावित्रा राई, समाजवादी विद्यार्थी युनियनका उपमहासचिव प्रकाश चाम्लिङ, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य तथा पार्टीको जिल्ला सचिवालय सदस्य रविन खम्बू, समाजवादी युवा संघ खोटाङका अध्यक्ष गजेन्द्र राई, जसपा केपिलासगढी गाउँपालिकाका अध्यक्ष गुरुराज राई, उपाध्यक्ष विशाल दुमी राईलगायत नेताहरु सहभागी भएका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्