सर्लाही २ मा कांग्रेस-माओवादी गठबन्धनकै महताे र यादवबीच भिडन्त

सर्लाही क्षेत्र नं २ मा लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतो र नेपाल समाजवादी पार्टीका महेन्द्र राय यादवबीच चुनावी प्रतिस्पर्धा हुने भएकाे छ ।

आइतबार महताे र यादवले सर्लाही क्षेत्र नं २ बाटै उम्मेदवारी दिएका हुन् ।

दुवै नेता कांग्रेसमा-माओवादी गठबन्धनका हुन् । सिट बाँडफाटमा कुरा नमिलेपछि दुवैले मित्रवत् प्रतिस्पर्धा गर्ने गरी उम्मेदवारी दिएका हुन् ।

यादवसँग प्रदेशसभा (क)मा नेसपाका सुनिल साहले उम्मेदवारी दिएका छन् भने (ख) बाट नेपाली कांग्रेसका कौशल किशोर यादवले उम्मेदवारी दिएका छन् ।

महतोसँग प्रदेश (ख) बाट पूर्व जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीले उम्मेदवारी दर्ता गराएका छन् भने (क) खाली छन् ।

प्रदेशसभा (क) बाट नेपाली कांग्रेसका जंगीलाल रायले उम्मेदवारी दिएका छन् । उनीसँग तालमेल गर्नका लागि लोसपाले (क) खाली राखेको छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img