‘धराने जनताले मनमोहनपछि अर्का राष्ट्रिय नेता जिताउने अवसर पाए’- भूमि साम्पाङ

यो अवसर नगुमाउने कि !

नेकपा माओवादी केन्द्रका पूर्वनेता भूमि साम्पाङले सुनसरी क्षेत्र नं १ का जनताले हाल मनमोहन अधिकारीपछि अर्का राष्ट्रिय नेतालाई जिताउने अवसर पाएको बताएका छन् ।

सुनसरी क्षेत्र नं १ मा नेकपा एमालेसँग तालमेल गरी जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष अशोक राईले उम्मेदवारी दिएपछि साम्पाङले धराने जनताले मनमोहन अधिकारीपछि अर्का राष्ट्रिय नेतालाई अनुमोदन गर्ने अवसर प्राप्त भएको बताएका हुन् ।

सोमबार उनले सामाजिक सञ्जाल फेसबुकमा जसपाबाट उम्मेदवार बनेका अशोक राईलाई मतदान गरी विजयी गराउनुपर्ने बताएका हुन् ।

‘सुनसरी क्षेत्र नं १ खासगरी धराने जनताले मनमोहन अधिकारीपछि अर्का राष्ट्रिय नेतालाई अनुमोदन गर्ने मौका पाएका छन्,’ उनले भनेका छन्, ‘विरलै प्राप्त हुने यो अवसरलाई नगुमाउने पो हो कि ।’

हाल एमालेकै समर्थनमा अशोक राई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेपछि उनको जित सुनिश्चित भएको बताइन्छ ।

सुनसरी क्षेत्र नं १ को प्रदेशसभाको दुवै निर्वाचन क्षेत्रमा भने जसपाले एमालेका उम्मेदवारहरुलाई सघाउने भएको छ ।
एमालेबाट ‘क’मा रमेशकुमार बस्नेत र ‘ख’मा विजयकुमार राई उम्मेदवार छन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

1 COMMENT

  1. बौद्धिक,सालिन तथा पहिचानबादी नेतालाइ जिताउने यो अवसर हो त्यसर्थ यो मौका सुनसरीबासिले गुमाउनु हुदैन ।वाहा रास्ट्रीय नेता तथा पार्टीको संघिय परिषदको अध्यक्ष भएको हिसाबले पनि सुनसरी बासिले जिताएको खन्डमा विविध बिकासका योजनाहरु धरानमा पर्न सक्दछ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img