Wednesday, February 8, 2023
11.8 C
Diktel

मुस्ताङबाट कांग्रेसले खाता खोल्यो, गौचन विजयी

नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार २९ वर्षीय योगेश गौचन थकाली मुस्ताङबाट विजयी भएका छन् ।

यो विजयीसँगै नेपाली कांग्रेसले जितको खाता खोलेको हो ।

प्रतिनिधिसभामा निर्वाचित गौचनले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार प्रेम तुलाचनले ३ हजार ७८ मत प्राप्त गरे ।

योगेश कांग्रेसका जिल्ला सभापति एवम् पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्