गगन थापाको जित निश्चित

काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका गगन थापा निर्वाचित हुने निश्चित भएको छ ।

कुल खसेको ४५ हजार ९१० मतमध्ये हालसम्म ४१ हजार ५७ गणना हुँदा थापाको १९ हजार १८ पाएका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका राजन भट्टराईले १३ हजार ३२ मत ल्याउनुभएको निर्वाचन अधिकृत शारदादेवी पौडेलले बताए ।

अहिलेसम्मको मतगणनामा थापा भट्टराईभन्दा पाँच हजार ९८६ मतले अगाडि रहेका छन् । अब गन्न बाँकी चार हजार ८५३ मत मात्र बाँकी रहेको छ ।

तर पाँच हजार बढी नै मतले थापा अघि रहेकाले जित निश्चित भएको हो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्