सुनसरी–१ को प्रदेशसभा–१ मा एमालेका रमेश बस्नेत निर्वाचित

सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र १ मा नेकपा एमालेका उम्मेदवार रमेशकुमार बस्नेत ११ हजार १०२ मत ल्याएर निर्वाचित भएका छन् ।

बस्नेतले नेपाली कांग्रेसका उम्मेदवार उमेश थापालाई पराजित गरेका हुन् । थापाले ९ हजार ७५२ मत ल्याए ।

८ हजार ३६३ मतसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव श्रेष्ठ तेस्रो स्थानमा रहे ।

बस्नेत एमाले–जसपाका साझा उम्मेदवार हुन् भने थापा कांग्रेस–माओवादी–नेकपा एकीकृत समाजवादीका साझा उम्मेदवार हुन् ।

एमाले–जसपाको तालमेल अनुसार सुनसरी–१ मा जसपा र प्रदेशसभाका दुवै क्षेत्रमा एमालेका उम्मेदवार मैदानमा थिए ।

प्रदेशसभा निर्वाचन क्षेत्र २ मा एमालेका विजयकुमार राई उम्मेदवार छन् । हाल प्रदेशसभा १ को मतगणना सकिएको छ । र प्रदेशसभा २ को गणना सुरु भएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्