पुनः मतदान हुनुपर्छः नेता खनाल

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले चुनावमा धाँधली भएको आरोप लगाएका छन् ।

इलाम क्षेत्र नं १ बाट वाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार खनालले चुनावमा धाँधली भएकाले पुनः मतदान हुनुपर्ने बताए ।

शनिबार पत्रकारसँग कुरा गर्दै उनले भने, “सरासर धाँधली भएको छ। दुई हजार चार सय २४ मत खसेको मुचुल्का छ। यिनै बाकसमा गन्दा दुई हजार छ सय ९० मतपत्र फेला परेको छ। दुई सय ६६ मतपत्र बढी भेटियो।”

उनले निर्वाचन ऐनअन्तर्गत त्यो कागजले मान्यता नपाउने जनाए ।

खनालले भने, “कसले छिरायो त्यहाँभित्र मुचुल्का कागज सही हो कि होइन ? निर्वाचन ऐनअन्तर्गत त्यो कागजले मान्यता  पाउँदैन।”

हालसम्मको गणनाअनुसार इलाम–१ मा नेकपा (एमाले)का महेश बस्नेतले दुई हजार चार सय ५५ मतान्तरले अग्रता लिइरहेका छन् ।

खनालले १६ हजार ८७ मत प्राप्त गर्दा बस्नेतले १८ हजार पाँच सय ४२ मत पाएका छन् ।

क्षेत्र नं १ मा ५९ हजार नौ सय छ मध्ये १७ हजार दुई सय ५९ मत गणना हुन बाँकी छ। तर, खनालले पुनः मतदानको माग गरेका छन् । रासस

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्