सुनसरी–१ मा अशोक राईले लिए ११८ मतको अग्रता

सुनसरी क्षेत्र नं १ मा जनता समाजवादी पार्टीका उम्मेदवार अशोक राईले प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङसँग मतान्तर बढाएका छन् ।

निर्वाचन आयोगको पछिल्लो जानकारीअनुसार राईले १४ हजार १०५ मत पाएका छन् । तामाङले १३ हजार ९८७ मत ल्याएकी छन् ।

यसअघि ४ मतले अग्रता लिएका राईले हाल ११८ मतले अग्रता लिएका हुन् ।

यस क्षेत्रमा कूल ७८ हजार ९४३ मत खसेको निर्वाचन आयोगले जनाएको छ । यो समाचार तयार पार्दा ६७ हजार १२३ मत गणना भइसकेको छ ।

यो परिणामसँगै अब राईको जित सुनिश्चित भएको टिप्पणी गर्न थालिएको छ ।

मत गणना बाँकी रहेको बराहक्षेत्र वडा नं ४ र ५ र रामधुनी नगरपालिका वडा नं ६ र ७ एमाले–जसपाको पकड क्षेत्र मानिन्छ । सो क्षेत्रमा तामाङको भन्दा राईकै पक्षमा बढी मत खसेको अनुमान छ ।

मत गणनाको पछिल्लो परिणामले पनि सुनसरी निर्वाचन क्षेत्र १ को दक्षिण बेल्टमा राईलाई राम्रो मत आइरहेको छ ।

यता नेकपा माओवादी केन्द्र मुक्सामहाङ सुब्बाले १० हजार ९९० मत पाएका छन् ।

एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवार बनेका मनाेजकुमार मेयाङ्बाेले ६ हजार २२९ मत ल्याएका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्