जनता समाजवादी पार्टीका उम्मेदवार अशोक राईले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङसँगको मतान्तर बढाएर ४८५ पुर्याएका छन् ।
निर्वाचन आयोगको पछिल्लो जानकारी अनुसार राईले १५ हजार ११४ मत प्राप्त गरेका छन् । तामाङले १४ हजार ६२९ मत ल्याएकी छन् ।
११ हजार ५६२ मतसहित नेकपा माओवादी केन्द्रका उम्मेदवार मुक्सामहाङ सुब्बा तेस्रो स्थानमा छन् ।
एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवार बनेका मनोजकुमार मेयाङ्बोले ७ हजार १९० मत ल्याएका छन् ।
हालसम्म ७० हजार ७२० मत गणना भइसकेको छ ।
अब रामधुनी नगरपालिकाको वडा नं ६ र ७ को गणना बाँकी छ । दुवै वडामा गरी अब करिब ६ हजार ६ सय मत गन्न बाँकी छ ।