सबै सरकारले आश्वासन मात्र दिए, न्याय दिएनन्ः रञ्जिता श्रेष्ठ

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचित सांसद रञ्जिता श्रेष्ठले कैलालीको टीकापुर घटना राजनीतिक प्रकृतिको रहेकाले यसका आरोपीहरूलाई मुक्त गर्ने आश्वासन यसअघिका सरकारहरूले पनि पटक पटक दिएका तर न्याय भने नपाइएको गुनासो गरेकी छन् ।

टीकापुर घटनाकाे मुख्य आराेपीका रुपमा जेलमा रहेका रेशम चाैधरीकी श्रीमतीसमेत रहेकाे उनले भनिन्, ‘हाम्रो पार्टीका संस्थापक रेशम चौधरीलगायत टीकापुर घटनाका आरोपीहरु निर्दोष रहेकाले तिनको रिहाइका लागि यसअघिका सरकारहरूले पटक पटक लिखित एवम् मौखिक प्रतिबद्धता गरे पनि कार्यान्वयन भने गरेनन् ।’

नेता तथा मन्त्रीहरूले टीकापुर घटना राजनीतिक प्रकृतिको भएकोले उनीहरू रिहा हुनुपर्छ भनिरहेका तर रिहाइको पहल भने नगरेको उनकाे गुनासाे छ ।

उनले भनिन्, ‘यसअघिका सरकारले पनि छुटाउने आश्वासन दिएका थिए । अघिल्लो सरकारका प्रधानमन्त्री केपी ओलीका पालामा त सरकार र हामीबीच लिखित सम्झौता नै भएको हो, त्यो सार्वजनिक नै छ सबैले हेर्दा पनि हुन्छ । माओवादी अध्यक्ष प्रचण्ड सरकारमा हुँदा पनि छुटाउने आश्वासन दिनुभएको थियो । हाम्रो भेटमा उहाँले यो राजनीतिक प्रकृतिको मुद्दा भएकाले रेशमलाई न्याय हुन्छ भन्नुभएको थियो । तर सबै सरकारले आश्वासन मात्र दिए, काम कसैले गरेनन् ।’

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img