सबैलाई सम्मान सबैको पहिचानः अशोक राई

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य अशोक राईले पहिचान राष्ट्रलाई एकताबद्ध बनाउने चिज रहेको बताएका छन् ।

शनिबार काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पर्यटन बोर्डमा आदिवासी जनजाति चलचित्र महासंघको पाँचौ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले पहिचान आदिवासी जनजातिहरुको मात्रै पेवा नभएको पनि प्रष्ट पारे ।

उनले भने, ‘नेपालमा बस्ने नेपालीहरु हरेकको आ–आफ्नाे भाषा, धर्म, संस्कृति, मूल्यहरु त्यो सबै पहिचान हो ।’

उनले ‘सबैलाई सम्मान सबैको पहिचान’ भन्ने नै पहिचानवादीहरुको उपयुक्त नारा हुने बताए ।

नेपालको राजनीति पहिचानप्रति सकारात्मक हुन नसक्नु नै समस्याको रुपमा रहेको भन्दै अब यसलाई हल गर्नुपर्ने उनले बताए ।

पूर्वमन्त्री समेत रहेका नेता राईले राज्यले आदिवासी जनजाति चलचित्रहरुलाई मात्रै नभएर समग्र नेपाली चलचित्र क्षेत्रलाई नै मदत गर्नुपर्ने बताए ।

नेपाली चलचित्रहरुले बलिउड चलचित्रहरुलाई थोरै भए पनि विस्थापन गर्न सकेको खण्डमा त्यसले राष्ट्रिय अर्थतन्त्र निर्माणमा बल पुग्ने उनको भनाइ छ ।

कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुलप्रसाद घर्ती, चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राई, चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का लगायत जनजातिजन्य संगठनका प्रतिनिधिहरु उपस्थित थिए ।

कार्यक्रममा विभिन्न जातिका कलाकारहरुको प्रस्तुति रहेको थियो । महाधिवेशनको बन्दसत्र आइतबार बिहान ८ बजेदेखि नयाँ बानेश्वरमा हुनेछ ।

जसले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति गठन गर्नेछ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्