जसपा संघीय अध्यक्ष अशोक राईले लिए बान्तावा भाषामा शपथ

जसपाका अन्य सांसदहरुकाे पनि मातृभाषामै शपथ

काठमाडाैं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उनीहरुलाई सबभन्दा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले नयाँ बानेश्वरस्थित संसद भवनमा शपथ खुवाएका हुन् ।

जबरालाई बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाएकी थिइन् ।

सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले शपथग्रहण गराउने कानुनी व्यवस्था अनुरुप जबराले शपथ खुवाएका हुन् ।

शपथग्रहणमा २७५ मध्ये चारजना अनुपस्थित थिए ।

नेकपा एकीकृत समाजवादीका प्रेम आले, माओवादी केन्द्रका रामकुमार राई, नेपाली कांग्रेसकी माया राई र नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादव अनुपस्थित भएका हुन् ।

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वमन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य अशोक राईले आफ्नाे मातृभाषा (राई बान्तावा)मै शपथ लिएका छन् ।

उनले २०७० सालमा पनि बान्तावा भाषामै संविधानसभा सदस्यको शपथ लिएका थिए ।

जसपाका अन्य सांसदहरुले पनि आ–आफ्नाे मातृभाषामा शपथ लिएका छन् । प्रतिनिधिसभामा जसपाका १२ जना सांसद छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

  1. आफनो पुर्खा दुध रगत र सुप्तुलुङको सम्मान गरी बान्तवा भाषाको अस्तित्वलाई संघिय संसदमा स्थापित गर्नु भएकोमा आभार ब्यक्त गर्दछु ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्