राैतहट-२ बाट निर्वाचित स्वतन्त्र सांसद एमालेमा प्रवेश

राैतहट । रौतहट-२ बाट निर्वाचित स्वतन्त्र संघीय सांसद किरणकुमार साह नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् ।

सोमबार साँझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकाे निवास बालकोट पुगेर साह एमालेमा प्रवेश गरेका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले साहलाई खाँदा ओढाएर टीका लगाई पार्टी प्रवेश गरे ।

साे अवसरमा केपी शर्मा ओलीसँगै अर्थमन्त्री विष्णु पौडेल, रौतहट क्षेत्र-१ का संघीय सांसद प्रत्याशी अजयकुमार गुप्ता, प्रदेश सांसद प्रत्याशी राजकिशोर यादव, एमालेका स्थानीय नेता शेख फजिले हक लगायतको उपस्थिति रहेको थियो ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img