लाखाैं महिला सडकमा उतार्ने गरी तयारी थाल्न प्रचण्डकाे निर्देशन

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समय उपत्यकाभन्दा बाहिरी जिल्लामा केन्द्रित छन् ।  फागुन २३ को सर्वोच्चको फैसलापश्चात् केन्द्र तथा सरकारमा भूमिकाविहीन बनेका दाहाल रिफ्रेसका लागि भन्दै आफ्नै पार्टीका नेता हरिबोल गजुरेलको घरबाट बाहिरी जिल्लामा निस्कन सुरु गरेका दाहाल बिहीबार वीरेन्द्रनगर पुगे ।

चैत २४ गते जनआन्दोलन दिवस मनाउन सहकर्मी जनार्दन शर्माको गृहजिल्ला पुगेका उनी यतिखेर कर्णाली प्रदेशमा केन्द्रित छन् । बाहिरी जिल्ला  भ्रमण गर्ने क्रममा उनले सरकारको आलोचनामा केन्द्रित हुने गरेका छन् । उनी सरकारको आलोचना मात्रै नभई आफैँलाई आलोच पनि हुने गर्छन् । उनी त्यतिमा मात्रै सिमित हुँदैनन् ।

जनतालाई आफूलाई प्रशिक्षित गराएकोमा धन्यवाद पनि दिन भ्याउँछन् । यसै क्रममा बिहीबार वीरेन्द्रनगर पुगेका अध्यक्ष दाहालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी निकट अखिल नेपाल महिला संघ कर्णाली प्रदेशको भेलालाई संबोधन गरे ।

संबोधनका क्रममा उनले महिलाको शक्तिशाली संगठन बनाउनुपर्ने बताउँदै लाखौँ महिला सडकमा उत्रने गरी तयारी गर्न कार्यकर्तालाई निर्देशनसमेत दिए ।

‘कर्णालीका प्रत्येक वडा–टोल सबैतिर संगठनको सञ्जाल निर्माण गर्नुस् र जरुरी पर्दा एकैचोटी लाखौ महिलाहरु सडकमा निक्लिन सक्ने गरी मोर्चा बनाउनुस्,’ उनले भने, ‘महिलामाथि हुने सबैखाले हिंसा, ज्यादती, असमानता र महिलालाई हेप्ने प्रवृत्तिका विरुद्ध सामूहिक रुपमा एउटा आन्दोलन छेड्नूस् ।’

महिलाहरुले अब वर्ग संघर्ष, उत्पादन र संगठन निर्माणको अभियानलाई एकसाथ उठाउनु पर्ने उनको भनाइ छ । प्रचण्डले अब जनयुद्ध र जनआन्दोलनमा इमानदारी साथ लागेका महिला नेता कार्यकर्तालाई भूमिका दिने पनि प्रतिबद्धता जनाए ।

अबको केन्द्रीय समिति बैठकमा महिलालाई नेतृत्व दिने विषयमा छलफल हुने पनि उनको भनाइ छ । प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिक्रान्तितर्फ अघि बढेको भन्दै परिवर्तनकामीहरु एक हुनुपर्ने बताए ।

‘बालुवाटारमा बालुवा पेलेर यो क्रान्ति बच्ने भएन, अब जसले यो क्रान्ति ल्याएको हो तिनै जनताको घर दैलोमा फर्किनुपर्छ भन्ने भनेर म कर्णाली आएको हुँ,’प्रचण्डले भने । नेपालफ्ल्यास

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्