संगठनका लागि गाउँ जान कार्यकर्ताहरुलाई माधव नेपालकाे निर्देशन

काठमाडाैं । अनेरास्ववियु केन्द्रीय कमिटीले गत मंसिर ४ को निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट निर्वाचित संघ तथा प्रदेशका सांसदहरुलाई बुधबार सम्मान गरेको छ ।

कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले कार्यकर्ताहरुलाई अब पार्टी संगठन बनाउन गाउँ जान निर्देशन दिए ।

पार्टीका उपाध्यक्ष तथा संसदीय दलका उपनेता राजेन्द्रप्रसाद पाण्डेले अनेरास्ववियुले स्ववियु निर्वाचनमा देखिने गरी हैसियत बनाउन मेहनत गर्नुपर्ने साथै अब आन्दोलनको रुप फेर्नुपर्ने बताए ।

वर्तमान समयमा हिजो देशको लागि केही नगरेका, आन्दोलन नगरेकाहरु घण्टी बजाएको भरमा राजनीतिमाथि हावी भएको उनले बताए ।

अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले अब मुलधारको राजनीतिमा युवालाई पार्टीले भूमिका दिनुपर्ने जोड दिए ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img