किरात प्रदेशको धारणामा अलिकति पनि डगमगाएका छैनौँः सुदन किराती

हाम्रै कारण संघर्ष काेमामा जाँदैछ

काठमाडौं । नेकपा माओवादीका नेता तथा प्रतिनिधिसभा सदस्य सुदन किरातीले किरात प्रदेशमा आफूहरु अलिकति पनि नडगमगाएको प्रष्ट पारेका छन् ।

किरात राई यायोक्खाले येले सम्व्त ५०८३ (कलिगत)को अवसरमा माघ १ गते काठमाडौंमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले भने, ‘किरात प्रदेशको धारणामा तपाईंहरुको के हो भन्ने उद्घोषकले भन्नुभयो । हाम्रो धारणामा हामी अलिकति पनि डगमागाएका छैनौँ ।’

उनले पहिचान र अधिकारकै लागि अझै धेरै काम गर्न बाँकी रहेको औल्याए ।

‘अधिकार र पहिचानकै कुरा गर्ने हो भने टुँडिखेलमा नाच्न, ढोल बनाउन र भाषण गर्न काफी भएको छ,’ उनले भने, ‘तर साच्चै नै गम्भीर भएर अधिकारको कुरा गर्दा धेरै छ बाँकी लडाइँ लामो छ ।’

बाँकी भिडियाेमाः

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्