पहिचान झल्किने गरी प्रदेशको नामकरण हुन्छः मुख्यमन्त्री कार्की

दमक । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिचान झल्किने गरी प्रदेशकाे नामकरण गरिने बताएका छन् ।

झापाकाे दमकमा दमक जेसिसकाे कार्यक्रममा मुख्यमन्त्री कार्कीले पहिचानसहितकाे प्रदेश नामकरण चाँडाे टुंगाे लगाइने बताएका हुन् ।

उनले भने, ‘हामी चाँडो नामकरणको विषयमा टुंगाेमा पुग्छाैं । सबैको पहिचान झल्कने नामकरण हुन्छ ।’

उनले प्रदेश सभा सदस्यको दुई तिहाइले प्रदेशकाे नामकरण गर्न सक्ने संवैधानिक व्यवस्था रहेको भन्दै सकेसम्म सबैको सहमतिमा अघि बढ्ने बताए ।

तर सर्वसम्मत नभए प्रक्रियामा गएर भए पनि नामकरणको विषय टुंग्याउने उनले बताए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्