जसपा उत्पीडित खसहरुको सारथी होः राजन केसी

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका राजनीतिक समिति सदस्य राजन केसीले जसपा उत्पीडित खसहरुको सारथी भएको बताएका छन् ।

ललितपुरकाे बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त कुरा बताएका हुन् ।

‘जसपाले खसहरुको पहिचान र अधिकार मात्र हैन खस आन्दोलनले उठाएको मर्मलाई स्वीकार गरेको छ । पुराना पार्टीहरु अझै पनि खसहरुको अधिकारका सवालमा प्रष्ट हुन सकेका छैनन,’ उनले भने ।

खसान सभ्यता लोप हुँदै गएको र संघीयताको अभ्यासमार्फत उत्पीडित खसहरुको सांस्कृतिक पुनर्जागरणमा जसपाले नै साथ दिने उनको भनाइ छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्