अनेरास्ववियुले माग गर्यो निजी र सामुदायिक क्याम्पसमा स्ववियु निर्वाचन

काठमाडाैं । नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले देशका सबै निजी तथा सामुदायिक क्याम्पसमा स्ववियु निर्वाचनको माग गर्दै उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाललाई ज्ञापनपत्र बुझाएको छ ।

थापाथलीस्थित संघको केन्द्रीय कार्यालयमा अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली नेतृत्वको टोलीले संघका अध्यक्ष रमेश सिलवाललाई ज्ञापनपत्र बुझाएकाे हाे ।

ज्ञापनपत्रमा लामो समय स्ववियु निर्वाचन नहुँदा विद्यार्थी आफ्ना अधिकारबाट बन्चित भएकाे उल्लेख छ ।

विज्ञप्तिमा शिक्षा क्षेत्रमा भएको चर्को मूल्य वृद्धिको पनि बिरोध गरिएको छ । विज्ञप्ति लिँदै अध्यक्ष सिलवालले शिक्षित जनशक्ति पलायनले देशको ठुलो धनराशी प्रत्यक्ष अप्रत्यक्ष रुपमा बाहिरिएकोमा चिन्ता व्यक्त गरे ।

अध्यक्ष सिलवाल अनेरास्ववियुको मागप्रति सकारात्मक रहेको अनेरास्ववियुका प्रवक्ता मिलन राईले बताए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्