पार्टी एकता गर्न कुमार लिङ्देनलाई जसपाको प्रस्ताव

काठमाडौं । जनता समाजवादी पार्टीले पार्टी एकताका लागि कुमार लिङ्देन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई प्रस्ताव राखेको छ ।

जसपाका एकता वार्ता समितिका संयोजक राजेन्द्र श्रेष्ठले सोमबार पार्टी एकताको प्रस्तावसहितको पत्र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई पठाएका हुन् ।

पत्रमा जसपाको राजनीतिक समितिको बैठकले नीति, सिद्धान्त र विचार मिल्ने दलहरुसँग एकता गर्न वार्ता समिति बनाएको उल्लेख छ ।

पत्रमा अहिले संघीय संसद र प्रदेशसभाहरुमा पहिचानसहितको संघीयता र अग्रगमन पक्षधर दलहरुको उपस्थिति कमजोर बनेको र उत्पीडित समुदायको प्रतिनिधित्व गर्ने दलहरुबिच एकता जरुरी रहेको उल्लेख छ ।

जसपाले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग पनि एकताको वार्ता गर्दै आएको छ ।

आफूलाई साम्यवादी बताउँने एकीकृत समाजवादी र आफूलाई समाजवादी बताउने जसपाबिचको एकतामा यही वैचारिक भिन्नता नै बाधक बन्न सक्ने अनुमान गरिएको छ ।

जसपाले केपी पालुङ्वा नेतृत्वको राष्ट्रिय जनमुक्ति र नागरिक उन्मुक्ति पार्टीसँग पनि एकताको प्रस्ताव गरेको छ । तर, ती दलहरुले एकताका लागि रुचि नदेखाएको जसपाका एक नेताले बताए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्