City Council District का लागि Yi (Andy) Chen लाई नेपाली नागरिकले समर्थन गर्ने

अमेरिकाकाे न्युयोर्कस्थित कुइन्सको ज्याक्सन हाइट्स Diversity Plaza मा 2021 अप्रिल 11 आइतबारका दिन 3:30 pm मा Yi (Andy) Chen लाई City Council District 25th का लागि अमेरिकी नेपाली नागरिकहरुद्वारा समर्थन कार्यक्रम राखिएकाे छ ।

जसमा सांस्कृतिक कार्यक्रम र नेपाली समुदायको विभिन्न संस्थाका प्रतिनिधित्वहरुको मन्तव्य राख्नेछन् । विशेषतः Yi (Andy) Chen को धारणा नेपाली समुदायलाई सुनाउने र बुझाउने कार्यक्रमकाे मूल उदेश्य रहेको छ ।

YI (andy) Chen हाल अमेरिकाका न्युयोर्क र ज्याकसन हाइट्स 83-16 Cornish Ave, Elmhurst NY 11373 मा अभियान अफिस खोली सामाजिक काम गर्दै चुनाव प्रचार-प्रसारमा व्यस्त हुनुहुन्छ ।

YI (Andy) Chen ले नेपाली समुदायको निम्ति आवश्यक हरेक कुरामा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ । उहाँले नेपाली सामुदायिक भवन निर्माण, सरकारी निकायमा प्रतिनिधित्व, आर्थिक विकास र पहिचानको निमित्त लड्ने प्रतिबद्धता जनाउनुभएकाे छ ।

उक्त जिल्लाको कान्छो उम्मेदवार Yi (Andy) Chen चाइनाबाट 13 बर्षको हुँदा अमेरिका आएका हुन् । हाल 32 वर्षका हुन् ।

नेपाली समुदायका लागि Blood Donation Program मा PPE वितरण, हरेक हप्ता खाना वितरण, खेलाडीहरुलाई प्राेत्साहनकाे लागि खेलकुद सामग्री वितरण, सर्वसाधारणलाई लत्ताकपडा बाँड्ने जस्ता कार्य गर्नुका साथै 89th street & 34th Avenue मा भएको ठूलो आगलागीमा सबैभन्दा पहिला उद्दारमा पुगी पीडितहरुलाई लत्ताकपडा र खानासहित होटलमा बस्ने ब्यबस्था गर्नु भएको थियो ।

Elmhurst Hospital ले Covid 19 बाट बाँचेका र Frontline worker हरुलाई सम्मान गर्नु साथै मृतआत्माको शान्तिको लागि दिप प्रज्वलन कार्यक्रम साथै Stop Asian Hate Rally को मूल आयोजक साथै नेपाली समुदायहरुलाई पनि आयोजक कमिटिमा राखी करिब २३,००० उपस्थित सहित कार्यक्रम गर्नु भएको थियो ।

आफू बसेको जिल्ला निकै नै फोहर रहेको भनी Diversity Plaza सरसफाई गर्ने जस्ता बिभिन्न कार्यहरुमा अग्रसर भएर कार्य गर्दै आइरहेका छन् ।

Yi(Andy) Chen को Campagin Manager नेपाली मूलको दिपेन्द्र लामा कार्यरत छन् भने हाल Nepalese American Public Relation Department को coordinator केशवराम राई हुनुहुन्छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्