सत्ता गठबन्धनकाे भविष्य एक हप्ताभित्रै टुंगाे लाग्छः माधव नेपाल

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ताधारी गठन्धन कुन दिन भत्किन्छ थाहा नभएको बताएका छन् ।

नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियुको स्थायी कमिटीको कीर्तिपुरमा आइतबारदेखि सुरु भएकाे दोस्रो बैठककाे उद्घाटन गर्दै उनले साे कुरा बताएका हुन् ।

उनले राष्ट्रपतिको चुनाबबाट सत्ताधारी गठबन्धनको भविष्य टुंगाे लाग्ने र त्यो एक हप्ताभित्र हुने पनि बताए ।

सत्ताधारी गठबन्धनमा संविधानबिरोधीदेखि संविधानका पक्षपाती सबैखाले शक्तिहरु भएका कारण उक्त गठबन्धन लामो समय नटिक्ने अध्यक्ष नेपालकाे तर्क छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्