जसपा सांसद सहनाज रहमानको हृदयघातबाट निधन

काठमाडाैँ । जनता समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य सहनाज रहमानको हृदयघातका कारण निधन भएको छ ।

६७ वर्षीया रहमानको शनिबार मध्यपुर ठिमी अस्पतालमा निधन भएको हाे ।

भक्तपुरको घ्याम्पे डाँडामा आयोजित पिकनिकमा खाना खाएर गफ गरिरहेको बेलामा एक्कासी उनलाई हृदयघात भएको थियाे ।

त्यसपछि उनलाई अस्पताल पुर्‍याइएको थियो । तर अस्पतालले उनलाई मृत घोषणा गरेकाे हाे । उनी जसपाबाट समानुपतिक सांसद बनेकी थिइन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्