काेसी प्रदेशकाे विराेधमा चक्काजाम सहितकाे आन्दोलन

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रदेश १ को नाम कोसी प्रदेश राख्ने प्रक्रिया अघि बढाएपछि किरात राई यायोक्खाले सोविरुद्ध चक्काजामसहितको आन्दोलन गर्ने तयारी गरेको छ ।

यायोक्खाका महासचिव भीम राईले प्रदेश १ को नाम पहिचान नझल्कने गरी राख्न तीन दल लागिपरेपछि सोका विरुद्धमा भोलि बिहीबार दुई घण्टा चक्काजाम गर्नेसहित आन्दोलनका कार्यक्रम ल्याइएको बताए ।

प्रदेश १ का सबै जिल्लामा बिहान ९ देखि ११ बजेसम्म चक्का जाम गरिने उनले बताए ।

प्रदेश १ को नाम किरात प्रदेश राख्न माग गर्दै आएको यायोक्खाले आजदेखि नै प्रदेशको राजधानी विराटनगरमा विरोध प्रदर्शन सुरु गरेको छ ।

प्रदेश १ लाई पहिचान झल्कने गरी नाम राख्नुपर्नेमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी मात्रै उभिएका छन् ।

उनीहरुले प्रदेशको नाम किरात लिम्बुवान सगरमाथा राख्न माग गरेका छन् ।

पहिचान पक्षधर भनिएका माओवादी केन्द्र पनि अन्ततः कोसी प्रदेशमा सहमत भएको छ । प्रदेश १ को नाम दुई तिहाइ भन्दा बढी मतले कोसी प्रदेश हुने देखिएको छ ।

तर पहिचानवादी दल र जातीय संस्थाहरुले भने सोको विरोध गर्ने देखिएको छ ।

यता सरकारले भने पहिचानवादीहरुले विरोध गर्ने विषयलाई ध्यानमा राखेर प्रदेशसभा आसपास क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ र सुरक्षाकर्मीहरुको परिचालन गरेको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

  1. कोशी भन्दा काशी बेस हुन्थ्यो कि ? आखिर कासै तिरैइ लाने हो सबै

    हा हा के को जाम होला नि लैलैई यो जातिय संघ संस्थाका अद्क्ष्य हरु पनि त्यही कासी तिरकै मानो खाएर बसेका हुन नि गाथे !कोइ प्रचन्दे वाउन कोही के पि वाउन्का हली कोही सेरादुर का हाली नोकर अनी अहिले आएर नौतन्की । लुङा हरु उता ताम्सालिङ मगरात तिर पनि देखेनौ उता शाहयोग गर्नु वन्दा तिम्रा वाजेका पाउ मोल्नैइ वसएु अव खाउ केरा एकल काट गान्दु हरु । तिमीहरुको छाला काड्छ पित्री नारायण का सन्तान हरुले अझाई छ बेला चेत चेत कि त जाउ कासी तिरैइ

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्