‘कोसी प्रदेश’ले राजनीतिक कोर्स बदलियाे, अब एकताबद्ध होऔं

काठमाडौँ । प्रदेश १ को नाम ‘कोसी प्रदेश’ राखिएपछि जनता समाजवादी पार्टीअन्तर्गतका पहिचानमा आधारित राष्ट्रिय समितिहरुले उक्त नाम खारेज गर्न माग गरेको छ ।

जसपाअन्तर्गतका किरात, लिम्बुवान, शेर्पालुङ, मधेस र शिल्पी (दलित) राष्ट्रिय समितिका प्रतिनिधिहरुले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरी कोसी प्रदेश खारेज गर्न माग गरेका हुन् ।

उनीहरुले प्रदेशसभाभित्र नामकरणबारे छलफल नै नगरी छापामार शैलीमा नामकरण गरिएको आरोप लगाएका छन् ।

विज्ञप्तिमा पहिचानको आधारमा ‘मधेस प्रदेश’ मात्रै स्थापित भएको भन्दै प्रदेश १ लाई कोसी प्रदेश बनाएपछि राजनीतिक कोर्स परिवर्तन भएको पनि उल्लेख गरिएको छ ।

कोसी प्रदेशले विद्रोहको बिउ रोपेको भन्दै अब नयाँ सङ्घर्षका निम्ति एकताबद्ध हुन आह्वान पनि गरिएको छ ।

विज्ञप्तिमा जसपा सांसदलाई मतदान गर्न बञ्चित गरिएको भन्दै सोबारे छानबिन गर्न सरोकारवाल निकायसँग माग पनि गरेको छ ।

 

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्