ओखलढुंगामा मुख्यमन्त्रीकाे गाडी तोडफोड, झन्डा निकालेर फ्याँकियाे

ओखलढुंगा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको गाडीमाथि ओखलढुंगामा पहिचानवादी आन्दोलनकारीहरुले तोडफोड गरेका छन् ।

आन्दोलनकारीहरुले मुख्यमन्त्री कार्कीको गाडीको झन्डा समेत निकालेर फ्याँकिदिएका छन् ।

सिद्धिचरण नगरपालिका-११ स्थित गोरुमारेभञ्ज्याङमा मुख्यमन्त्री आइपुग्नासाथ उनको गाडीमाथि आक्रमण गरिएकाे हाे ।

जसबाट गाडीकाे सिसा फुटेकाे छ ।

मुख्यमन्त्री कार्की ओखलढुंगा सदरमुकामबाट सिद्धिचरण नगरपालिका- १ तलुवामा सामुदायिक भवनको उद्घाटन गर्न जाँदै थिए ।

आन्दोलनकारीहरुले आक्रमण गर्न थालेपछि सशस्त्र र जनपथ प्रहरीहरुले हतार हतार मुख्यमन्त्रीकाे गाडी गोरुमारेभञ्ज्याङबाट भगाएका थिए ।

मुख्यमन्त्री कार्की आइतबार नै विभिन्न कार्यक्रमको लागि ओखलढुंगा आएको थाहा पाएपछि नेपाल आदिवासी जनजाति महासंघ ओखलढुंगा शाखाकाे नेतृत्वमा विराेध कार्यक्रम गरिएकाे थियाे ।

सोमबार पनि बिहान ११ बजेदेखि नै गोरुमारेभञ्ज्याङमा कोशी प्रदेश नाम खारेजकाे माग गर्दै टायर बालेर आन्दोलन सुरु गरिएको थियो ।

आइतबार आन्दोलनकारीहरुकाे अवराेधका कारण मुख्यमन्त्रीको दुइटा कार्यक्रम बिथोलिएकाे ओखलढंगाका पत्रकार दीपेन्द्र रुम्दालीले बताए ।

साेमबार मुख्यमन्त्री कार्कीकाे गाडी ताेडफाेड गर्दै आन्दोलनकारीहरुले मुख्यमन्त्री हिक्मत कार्की मुर्दावाद भन्दै नारा लगाएका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्