वैशाख १० गते तनहुँ-१, बारा-२ र चितवन-२ मा उपनिर्वाचन हुने

काठमाडाैं । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि रिक्त भएको दुवै निर्वाचन क्षेत्रमा आगामी वैशाख १० गते उपनिर्वाचन गरिने भएकाे छ ।

तनहुँ–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा र बारा–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि साे क्षेत्र रिक्त भएकाे हाे ।

संघीय संसदले सोमबार निर्वाचन आयोगलाई पत्राचार गरी दुवै निर्वाचन क्षेत्र रिक्त भएको जानकारी गराएपछि आयोगले उपनिर्वाचन गर्ने निर्णय गर्दै निर्वाचन कार्यक्रम प्रकाशित गरेको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले दुवै क्षेत्रको उपनिर्वाचनका लागि यही चैत २० गते उम्मेदवार मनोनयन हुने तालिकासहितको निर्वाचन कार्यक्रम प्रकाशित गरिएकाे बताए ।

यता चितवन–२ मा समेत आगामी वैशाख १० गते उपनिर्वाचन हुँदै छ ।

सर्वोच्च अदालतले तत्कालीन उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने अयोग्य रहेको आदेश गरेपछि सो क्षेत्र रिक्त भएकाे थियाे ।

 

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्