जसपा सरकारमा जाने, प्रधानमन्त्रीसँग छलफल गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी सरकारमा जाने भएको छ ।

जसका लागि पार्टी अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष अशोक राई र केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठसहित नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग वार्ता गर्ने छन् ।

बुधबार ललितपुरको बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारमा जानका लागि तीन नेताले समन्वय गर्ने जिम्मेवारी दिएकाे हाे ।

बैठकले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवार छनोटका लागि तल्लो कमिटीबाटै नाम पठाउन लगाउने निर्णय पनि गरेको छ ।

वैशाख १० गते तनहुँ–१, बारा–२ र चितवन–२ मा उपनिर्वाचन हुँदै छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्