प्रहरी दमनबाट घाइते भएका लाजेहाङ लिम्बूको उपचारको क्रममा निधन

धरान । कोशी प्रदेश नाम खारेजको माग गर्दै आन्दोलनमा होमिदा प्रहरीको लाठी चार्जबाट टाउकोमा चोट लागेर गम्भीर घाइते भएका लाजेहाङ लिम्बू (पदम लिम्बू)को उपचारको क्रममा आज बिहान निधन भएको छ ।

४२ वर्षीय लिम्बूको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा बिहान साढे २ बजे निधन भएको हो ।

उनी संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्चको सचिवालय सदस्य तथा मञ्च मातहत लिम्बुवान भोलेन्टियर्स (एलभी) का केन्द्रीय सहकमान्डर थिए ।

गत चैत ५ गते कोशी प्रदेश नाम खारेजका लागि विराटनगरमा प्रदर्शन गरिएको थियो । सो क्रममा प्रहरीले आन्दोलनकारीहरुमाथि लाठी चार्ज गर्दै अश्रुग्यास प्रहार गर्दै हवाइ फायरसहित दमन गरेको थियो ।

टाउकोमा चोट लागेर ढलेपछि उनकाे अस्पताल लगेर उपचार गरिँदै थियो ।

प्रदेश नं १ पुनः नामकरण संयुक्त संघर्ष समितिकाअनुसार उनलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लाने तयारी भइरहेको थियो ।

समितिले उनी लिम्बुवान-किरात-शेर्पालुङ एवम् आदिवासी आन्दोलनको सहिद भएको जनाएको छ ।

समितिले लाजेहाङ लिम्बूको हत्याको जिम्मा षडयन्त्रपूर्वक ढंगले कोशी प्रदेश नाम राख्ने ८२ जना सांसदहरु, उनीहरुसम्बद्ध पार्टीहरु, मुख्यमन्त्री हिक्मत कार्की र वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रहरी प्रशासनले लिनुपर्ने जनाएको छ ।

समितिले भनेको छ, ‘मुक्ति योद्धा लाजेहाङ लिम्बूको हत्याको अनुसन्धान गर्न छानबिन आयोग गठन गरी दोषीलाई कडा कारबाही गर्न र लाजेहाङलाई सहिद घोषणा गर्न जोडदार माग गर्दछौं ।’

समितिले लाजेहाङ लिम्बूको हत्याको राजनीतिक बदला लिने घोषणा पनि गरेको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

  1. hail lajehaang limbu,gear up kirat limbuwan people! fuck those bastard criminals himat karki prachnde ,and the police etc. dont stop here. make different nation not only a state.salute to fear less warrior Martyr Lajehang limbu!
    अमर शाहीद लजेहाङ लिम्बु अमर रहुन । हत्यार प्रहरी ,प्रचन्ने ,हिम्मत कार्की शरणआर्थी हरुलाई कोशी मा बगाएर कासी पुराउ साथी हो । जागौ अब जागौउ जगाउ

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्