Thursday, June 1, 2023

काेशी प्रदेश नाम राखेकाेमा हिक्मत कार्कीलाई केपी ओलीकाे बधाई

विर्तामाेड । नेकपा एमालेका अध्यक्ष अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मानव सभ्यता भन्दा पहिले कोशी नदीकाे उत्पत्ति भएकाे हुनाले काेशी प्रदेश नामकरणमा विवाद गर्नु आवश्यक नभएको बताएका छन् ।

शुक्रबार झापाको बिर्तामोडमा एमालेले आयोजना गरेको मिसन ग्रासरुट कार्यक्रममा अध्यक्ष ओलीले कोशी नामले सबै जनतालाई सम्बोधन गरेको जिकिर गरे ।

उनले नदी र प्रकृति भन्दा पहिले अर्को कुनै सभ्यता नभएको बताए । उनले प्रदेशको नाम कोशी राखेकोमा मुख्यमन्त्री हिक्मत कार्कीलगायात सबै सांसदलाई बधाई पनि दिए ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्