लाजेहाङ लिम्बूलाई सहिद घोषणा गरी दोषीलाई कारबाही गरियोस्ः नेता राई

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य अशोक राईले प्रहरीको पिटाइबाट गम्भीर घाइते भएर उपचारका क्रममा निधन भएका लाजेहाङ लिम्बू (पदम लिम्बू)लाई सहिद घोषणा गर्न माग गरेका छन् ।

उनले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न पनि सरकारसँग माग गरेका छन् ।

‘प्रदेश नं १ को कोशी नामकरणका विरुद्ध संयुक्त संघर्ष समितिको आयोजनामा विराटनगरमा भएको विरोध कार्यक्रममा प्रशासनिक दमनबाट गम्भीर घाइते भएका आन्दोलनकारी नेता पदम लिम्बू लाजेहाङको देहवसान भएको छ,’ नेता राईले भनेका छन्, ‘उहाँलाई हार्दिक श्रद्धाञ्जली एवम् परिवारजनमा समवेदना छ । सरकारले उहाँलाई सहिद घोषणा गर्नका साथै दोषीलाई कारबाही गरोस् भनी गम्भीर रुपमा माग गर्दछु ।’

४२ वर्षीय लिम्बूको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा शुक्रबार बिहान २ः३० बजे मृत्यु भएको थियो ।

कोशी प्रदेश नाम खारेज गर्न माग गर्दै गत चैत ५ गते प्रदेश नं १ पुनः नामकरण संयुक्त संघर्ष समितिले विरोध प्रदर्शन गर्दा प्रहरीले आन्दोलनकारीमाथि दमन गरेको थियो ।

सो क्रममा प्रहरीको पिटाइबाट लिम्बूको टाउकोमा गम्भीर चोट लागेको थियो ।

उनलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी पनि गरिएको थियो ।

उनी संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्चको सचिवालय सदस्य तथा मञ्च मातहत लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय सहकमान्डर थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

2 COMMENTS

  1. अब आन्दोलनको नेतृत्व तपाईं सिर्स स्थानमा बसेको नेता हरुले नेतृत्व गरेर आनदोलन उठाउनु परो नत्र त माछा माछा भ्यगुता।

  2. अब कडा वारपारको आन्दोलन गर्न तपाईं र तपाइजस्ता शीर्ष नेताले पहल गर्नु पर्दछ पहिले हेपिइन्दै थियौं अब त मारिन पनि सरुवात भयो दमनको पनि हद हुन्छ अब अति भो सहने दिन सकियो अब सबै जाग्ने दिन अझैसम्म आएन र?

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्