पहिचानकाे आन्दोलन चर्किदै, शनिबार १४ जिल्लामा चक्काजाम

काठमाडौं । प्रहरी दमनबाट गम्भीर घाइते भएका लाजेहाङ लिम्बू (पदम लिम्बू) को उपचारको क्रममा शुक्रबार बिहान निधन भएपछि कोशी प्रदेशमा पहिचानकाे आन्दोलन चर्किएर जाने देखिएको छ ।

प्रदेश नं १ पुनः नामकरण संयुक्त संघर्ष समितिले शुक्रबार आक्रोशका बिचमा थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

समितिले लाजेहाङ लिम्बूलाई राज्यले सहिद घोषणा गर्नुपर्ने, उनकाे परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने र घटनाका दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै काेशी प्रदेशकाे १४ जिल्लामै चक्काजाम गर्ने घाेषणा गरेकाे छ ।

समितिले समितिले शनिबार दिउँसो १ देखि २ बजेसम्म चक्काजाम गर्न लागेकाे हाे ।

समितिले शुक्रबार पनि काठमाडौंसहित कोशी प्रदेशका १४ वटै जिल्लामा विरोधसभा गरेको छ ।

केही जिल्लामा प्रदेशका मुख्यमन्त्री तथा एमाले नेता हिक्मत कार्कीको पुत्ला जलाउनुका साथै सडकमा कालाे झन्डा देखाउँदै टायर बालेर विरोधसभा गरिएको छ ।

समितिले पूर्वघोषित कार्यक्रमहरुलाई भने निरन्तरता दिँदै शनिबार चक्काजाम गर्ने तयारी गरेको हो ।

समितिले पदम लिम्बूलाई राज्यले सहिद घोषणा गरी हत्यारालाई कारबाही नगरिन्जेल शव समेत जिम्मा नलिने जनाएको छ ।

समितिले आफ्नाे तर्फबाट लिम्बूको परिवारलाई तत्काल एक लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेकाे छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्