कोशी प्रदेशविरुद्धको आन्दोलनमा किराया युकेको ऐक्यबद्धता

काठमाडौं । किरात राई यायोक्खा युकेले कोशी प्रदेश नाम खारेज गरी पहिचानका आधारमा नामकरण गर्न माग गर्दै जारी राखिएको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ ।

साथै गत चैत ५ गते विराटनगरमा भएको विरोध प्रदर्शनमा प्रहरीको पिटाइबाट गम्भीर घाइते भएर उपचारको क्रममा शुक्रबार बिहान निधन भएका लाजेहाङ लिम्बू (पदम लिम्बू)प्रति श्रद्धाञ्जलीसहित परिवारजनमा समवेदना पनि प्रकट गरेको छ ।

किरात राई यायोक्खा युकेका कार्यबाहक अध्यक्ष रि. क्या. सुमनचन्द्र राई र महासचिव चन्द्रावती राईले शनिबार प्रदेश नं १ पुनः नामकरण संयुक्त संघर्ष समितिको आन्दोलनप्रति ऐक्यबद्धतासहित निधन भएका लिम्बूका सम्बन्धमा शोक वक्तव्य निकालेका हुन् ।

वक्तव्यमा नेपालमा सदियौंदेखि खस–आर्य समुदाय बाहेकका पहिचान र संस्कृतिहरु दबाइँदै आएको र सोविरुद्ध निरन्तर संघर्षहरु पनि हुँदै आएको उल्लेख छ ।

वक्तव्यमा प्रदेश नं १ लाई अंकगणितको आधारमा खस–आर्य समुदायको एकल पहिचानलाई स्थापित गर्ने गरी कोशी प्रदेश नामकरण गरिएको उल्लेख छ ।

पहिचानको आन्दोलनमा राज्यले बल प्रयोग गरी दमन गरिएकोमा भत्र्सना गर्दै वक्तव्यमा भनिएको छ, ‘विभिन्न संघ संस्थाहरुले सहादत प्राप्त लाजेहाङलाई राष्ट्रिय सहिद घोषणा गर्नुपर्ने, प्रदेश सरकारले माफी माग्दै पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्नेलगायत मागहरु उठाएकोप्रति पुनः ऐक्यबद्धता जनाउँदै पहिचान आन्दोलनका सहिद लाजेहाङप्रति किराया बेलायत भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछौं ।’

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्