पथरीशनिश्चरे नगरका सबै वडामा तालाबन्दी

मोरङ । कोशी प्रदेश नामकरणविरुद्धको आन्दोलनका क्रममा मोरङस्थित पथरीशनिश्चरे नगरपालिकाको दशवटै वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।

साथै कार्यालयमा राखिएको बोर्डबाट कोशी प्रदेश लेखिएकोमा कालो पोतेर मेटाइएको छ ।

प्रदेश नं १ पुनः नामकरण संयुक्त संघर्ष समितिले नगरका सबै वडा कार्यालयहरुमा तालाबन्दी गरेको हो ।

समितिले प्रदेशभरिकै स्थानीय तहका कार्यालयहरुमा तालाबन्दी गर्नुका साथै कोशी प्रदेश नाम लेखिएकाहरु मेट्ने, कार्यालयमा कालो झन्डा गाड्ने लगायत कार्यक्रम गरिरहेको छ ।

समितिले कोशी प्रदेश नाम खारेज गरी पहिचानका आधारमा प्रदेशको नाम राख्नुपर्ने माग गरिरहेको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्