‘वंश गद्दार’ भन्दै यायाेक्खामा झुन्डाइयो कोशी प्रदेशमा मतदान गर्ने राई सांसदहरुका तस्बिर

काठमाडौं । किरात राई यायोक्खा झापा जिल्ला समितिले गत १८ मार्चमा प्रदेश नं १ लाई कोशी प्रदेश नाम राख्ने प्रस्तावको समर्थक भएर हस्ताक्षर गरेका प्रदेश सांसद निरन राईलाई वंश गद्दार घोषणा गरेको थियो ।

उनको तस्बिरमा जुत्ताको माला जोडिदिएर विर्तामोडको मुक्तिचोकमा राखेर आक्रोशसहित दुई मिनेटसम्म थुकिएको थियो ।

अहिले यायोक्खाको केन्द्रीय कार्यालय काठमाडौंमा निरन राईसहित ८ जनै राई सांसदहरुको तस्बिरमा जुत्ताको माला लगाइदिएर ‘वंश गद्दारहरु मुर्दावाद’ भनी लेखिएको व्यानर राखिएको छ ।

अहिले निरन राईसहित शम्शेर राई, विनोद राई, विजयकुमार राई, लिलाकुमारी राई, भूपेन्द्र राई, पाँचकर्ण राई र सिर्जना राईलाई वंश गद्दार भन्दै उनीहरुको अपमान झल्किने तस्बिर यायोक्खा परिसरमा राखिएको छ ।

प्रदेश नं १ लाई पहिचानको आधारमा किरात प्रदेश वा लिम्बुवान किरात प्रदेश नाम राख्न माग भइरहेको बेला यी राई सांसदहरुले कोशी प्रदेशमा मतदान गरेका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्