संसद र देशलाई उपेन्द्र यादवको खाँचो छ– माधवकुमार नेपाल

बारा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद र सिंगो देशलाई उपेन्द्र यादवको आवश्यक्ता रहेको बताएका छन् ।

जसपा अध्यक्ष एवं बारा क्षेत्र नं. २ का उम्मेदबार उपेन्द्र यादवको निर्वाचन क्षेत्र पुगेर बिहिबार नेता नेपालले राष्ट्रिय राजनीतिको केन्द्रमा यादवको आवश्यक्ता अपरिहार्य रहेको औल्याएका हुन् ।

बाराको क्षेत्र नंं २ मा सत्ता गठबन्धनको साझा उम्मेदबार रहेका जसपा अध्यक्ष यादवको पक्षमा माहोल बनाउन नेपाल बुधबार साँझ कलैया पुगेका थिए ।

बारा २ को चुनावी मैदानमा रहेका यादवसँगको भेटमा नेता नेपालले गठबन्धनको जीत सुनिश्चित रहेको दाबी गरेका छन् ।

जसपा अध्यक्ष यादवलाई विजयी बनाउन अपील गर्दै नेता नेपालले भने,–‘सिंगो देश र संसदलाई उपेन्द्र यादवको खाँचो छ, त्यसैले राष्ट्रले खोजेको नेता उपेन्द्र यादवलाई अत्याधिक मत दिएर विजयी गराउन नेकपा एसको पार्टी पंक्ति एवं सिंगो बाराबासीलाई आग्रह गर्दछु ।’

नेपालको राजनीतिक परिवर्तनका लागि महत्वपूर्ण मानिएको लोकतान्त्रिक गणतन्त्र स्थापनामा मधेश जनविद्रोहको उच्च स्थान रहेको भन्दै नेता नेपालले मधेश विद्रोह, पहिचान, समावेशी र संघीयता जस्ता महत्वपूर्ण परिवर्तनका एजेन्डालाई संस्थागत गर्न देश र प्रदेशहरुको समयानुकूल विकास गर्न संसदमा जसपा अध्यक्ष यादवको उपस्थिति अपरिहार्य रहेको जिकिर गरे ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्