ताप्लेजुङ । नेकपा एमालेका नेता योगेश भट्टराईलाई गृहजिल्ला प्रवेशमा राेक लगाइएकाे घाेषणा गरिएकाे छ ।
भट्टराईले निरन्तर पहिचानविरोधी अभिव्यक्ति दिएर आफूहरुकाे अपमान गरेको भन्दै ताप्लेजुङका विभिन्न पहिचानवादीजन्य संघसंस्थाहरुले उनलाई ताप्लेजुङ प्रवेशमा राेक लगाइएकाे घाेषणा गरेका हुन् ।
खस क्षेत्री एकता समाज, आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोख्खा, किरात धर्म साहित्य उत्थान संघ, सुनुवार सेवा समाज, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र लिम्बू विद्यार्थी संघले प्रेस विज्ञप्ति जारी गर्दै भट्टराईलाई ताप्लेजुङ प्रवेश निषेध गरिएकाे जनाएका हुन् ।
विज्ञप्तिमा आदिवासी जनजाति समुदायहरुलाई हिंसा गर्ने, पहिचानवादी समुदायको न्यायिक आन्दोलनलाई जबर्जस्त दबाउने क्रम जारी रहेको समेत उल्लेख गरिएकाे छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र योगेश भट्टराईले निरन्तर गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिएको ती संघसंस्थाको आरोप छ ।
good
good job keep it up .yo baun laaii kaasi dhapaau ki kosi tirai bagai deu .