काेशी नाम खारेज गर भन्दै काठमाडौंसहित पूर्वी नेपालमा प्रदर्शन

प्रदेश नं १ को नाम ‘कोशी प्रदेश’ राखिएको दिनलाई ‘कालो दिन’को रुपमा लिँदै पहिचानवादीहरुले काठमाडौंसहित कोशी प्रदेशका जिल्लाहरुमा कालो व्यानरसहित प्रदर्शन गरेका छन् ।

प्रदेश सभाले गत वर्ष फागुन १७ गते नै कोशी प्रदेश नामकरण गरेको थियो ।

कोशी प्रदेश नामकरण हुनासाथ विभिन्न जातीय संस्थाका प्रतिनिधिहरुसहितको पहिचानवादीहरुले प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समिति गठन गरी आन्दोलन गर्दै आएका छन् ।

आन्दोलनका क्रममा आन्दोलनकारी पदम लाजेहाङ लिम्बुको निधन पनि भएको थियो ।

काठमाडौंको तिनकुनेमा नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा कोशी प्रदेश विरुद्ध विरोधसभा गरिएको हो ।
जसमा महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले प्रदेश नं १ लाई पुनः नामांकन गराइछाड्ने दाबी गरे ।

संघर्ष समितिले कोशी प्रदेश नाम खारेज गरी पहिचानको आधारमा नाम राख्नुपर्ने माग राख्दै आएको छ ।

कोशी प्रदेश सरकारले भौतिक पूर्वाधार विकासमन्त्री कमल प्रसाज जबेगुको संयोजकत्वमा वार्ता समिति बनाएको छ ।

आन्दोलनकारी र प्रदेश सरकारबीच तेस्रो पटक वार्ता र सहमति भएको छ ।

तर सहमति अमुर्त छ । सोही कारण कतिपयले वार्ता आन्दोलनलाई अल्मल्याउने षडयन्त्र मात्र भएकोले वार्ता छोडेर आन्दोलन नै सशक्त बनाउनुपर्ने माग राख्न थालेका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्