एमालेमै रहने वामदेवकाे इच्छा

काठमाडाैँ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफ्नो राजनीतिक योगदान नेकपा एमालेमा रहेकाले सोही पार्टीमा रहने इच्छा व्यक्त गरेका छन् ।

ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आज भएको भेटमा सांसद गौतमले आफूलाई एमालेमा काम गर्ने जिम्मेवारी दिन अध्यक्ष केपी ओलीसँग आग्रह गरेको प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए ।

भेटमा गौतमले आफूलाई पार्टीमा काम गर्ने जिम्मेवारी दिन अध्यक्ष ओलीसँग आग्रह गरेको विष्टकाे भनाइ छ ।

एमालेले ७० वर्ष उमेर हद हटाएपछि राष्ट्रिय सभाका सदस्य गौतम पूर्वप्रधानमन्त्री ओलीलाई भेट्न पार्टी केन्द्रीय कार्यालयमा पुगेका हुन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्