जसपाको विधान अधिवेसन आजबाट

काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल को विधान अधिवेशन आजबाट सुरु हुँदैछ ।

अधिवेशन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार उक्त विधान अधिवेशनमा केन्द्रीय समितिका चार सय छ सदस्यका साथै प्रदेश समिति, राष्ट्रिय समिति, विषेश प्रदेश समिति, जिल्ला समिति, महानगर, भातृ सङ्गठन तथा केन्द्रीय समितिबाट मानोनित हुने १० जना सहित सात सय ६१ प्रतिनिधि सहभागी हुनेछन् ।

विधान अधिवेशनको पहिलो दिन पार्टीको विधान मस्यौदा प्रस्तुत हुने सो पार्टीले जनाएको छ ।

यसैगरी सहभागी भएका प्रतिनिधिलाई १० समूहमा विभाजन गरेर विधानमाथि छलफल गरिनेछ भने छलफल सकिएपछि विधानमाथि नेताहरूले धारणा राख्ने गरी कार्यतालिका बनाइएको छ ।

आजदेखि सुरु हुने विधान अधिवेशनको अन्तिम तयारी तथा मस्यौदा विधान अनुमोदनका लागि शनिबार केन्द्रीय समिति बैठक बसेको थियो ।

उक्त बैठकले अनुमोदन गरेको मस्यौदा आज विधान महाधिवेशनमा पेस हुन लागेको जनाइएको छ ।

विधान अधिवेशन यसअघि गएको चैत २७, २८ र २९ गते गर्ने निर्णय गरिएको भए पनि विभिन्न कारणले सरेको थियो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्