रास्वपाको हविगत पनि पुराना पार्टीहरुको जस्तै हुनेछ- घनश्याम भुसाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले राष्ट्रिय स्वतन्त्र पार्टीको हविगत पनि पुराना राजनीतिक पार्टीहरुको जस्तै हुने दाबी गरेका छन् ।

पार्टीनिकट कानुन व्यवसायीहरुको सङ्गठन ‘समाजवादी पेसागत कानुन व्यवसायी सङ्गठन’ले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

दलाल, पूँजीवादले मुलुकमा ल्याएको समस्या समाधान गर्ने बाटोमा कुनै कदम नचालेकाले नयाँ दलको रुपमा आएको रास्वपाको पनि छिट्टै बेहाल हुने उनकाे भनाइ छ ।

उनले दलाल पूँजीवादले खडा गरेको समस्या समाधान नगरी कुनै पनि पार्टी अघि बढ्न सक्ने अवस्था नरहेको बताए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्